• २०८१ बैशाख २४ सोमबार

सुजुकी स्कुटर एक्सचेञ्ज मेला शुरु

kharibot

काठमाडौँ । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि.जी. अटोमोवाईल्स प्रा.लि. ले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यहि कात्तिक १२ देखि १७ गतेसम्म नेपाल अधिराज्यभर आफ्ना सबै आधिकारिक शोरुमहरुमा सुजुकी स्कुटर एक्सचेञ्ज शुरु गरेको छ । 

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ बर्गम्यान र एसेज  स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाईकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।  

पछिल्लो समय यूवा पुस्तामा अति लोकप्रिय भएको सुजुकीका बर्गम्यान र एसेज स्कुटर बीएस-६ मोडलमा आएका छन् । राम्रो माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरु ग्राहकको रोजाइमा परेका छन् । ५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरुको खरिदमा फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै