• २०८१ बैशाख २५ मंगलबार

साफ सुजुकी कप फुटबल आजदेखि सुरु, नेपालले पाकिस्तानको सामना गर्दै 

kharibot

काठमाडौँ। साफ सुजुकी कप फुटबलको १२औं संस्करणको नेपालले आज पहिलो खेल खेल्दै छ।  आजदेखि बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ । पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको आशमा रहनेछ । किनकी नेपालले यस संस्करणको उपाधि जित्दै पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।

‘हामी यहाँ उपाधिकालागि आएका हौ,’ सोमबार प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिका लागि लड्नेछौ ।’

तर, प्रशिक्षक महर्जनले भनेजस्तो पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यदी पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनलको यात्रा बलियो बन्नेछ । 

साफमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ । तर, साफको नयाँ संस्करणपछि नेपालले ४ खेल खेलेको छ ।  नेपालले  ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी गरेको छ । एक खेलमा पराजय बेहोरेको छ । 

नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । 

खेल तालिकाअनुसार नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल भदौ १९ मा पाकिस्तानसँग खेल्दैछ । त्यस्तै, नेपालले दोस्रो खेल भदौ २१  मा भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २३ मा आयोजक राष्ट्र बंगलादेससँग खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै