• २०८१ बैशाख २५ मंगलबार

मारुती सुजुकी कम्पनी १५ वर्ष यता पहिलो पटक घाटामा 

kharibot

फाइल तस्वीर

काठमाडौं । भारतको सबै भन्दा ठुलो अटोमोबाइल कम्पनी मारुति सुजुकी इन्डिया १५ वर्ष यता पहिलो पटक त्रैमासिक घाटामा गएको छ ।

कोरोना लकडाउनको कारण कम्पनीको उत्पादन र बिक्रीमा प्रभाव परेको छ ।

३० जुनमा पुरा हुने त्रैमासिकमा कम्पनिलाई २.४९ अरब भारतीय रुपैयाँ घाटा भएको छ ।

पछिल्लो वर्ष यसै अवधिको क्रममा कम्पनिले १४.३६ अरब भारतीय रूपैयाँ नाफा कमाएको थियो ।

वित्तीय वर्ष २०२०-२१ को पहिलो त्रैमासिकको प्रतिवेदन अनुसार कम्पनिको बिक्रिमा पछिल्लो वर्षको तुलनामा ८० प्रतिशतको गिरावट दर्ता गरिएको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीले करिब ७६ हजार पाँच सय ९९ सय गाडी बिक्रि गरेको छ ।

कम्पनिको अनुसार लकडाउनको कारण २२ मार्चमा उत्पादन रोक लगाएको थियो, त्यसैले बिक्रिको तथ्यांक राम्रो नभएको बताएको छ ।

कोरोना महामारीले गर्दा भारतमा मार्च २५ देखि जारी लकडाउनका कारण कम्पनीले अप्रिल महिनामा एउटा कार पनि बिक्रि नभएको बताएको थियो  ।

उक्त अवधिमा मारुतीले ६३२ कार बाहिर निर्यात गरेको जानकारी दिएको छ ।

मारुतीको मार्चमा समेत बिक्रिमा ठुलो गिरावट आएको थियो ।

मार्चमा मारुतीले घरेलु बजारमा ७९ हजार ८० युनिट कार बिक्रि गरेको थियो जुन अघिल्लो बर्षको मार्चको तुलनामा ४७.४ प्रतिशतले कमि हो ।

मारुतीले औसतमा हरेक महिना एक लाख ५० हजार युनिट कार निर्माण गर्ने गर्दछ ।

मारुतीका चेयरमेन आरसी भार्गवले यस अघि नै अप्रिल महिनामा कम्पनीको बिक्रि शुन्य हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै