• २०८१ बैशाख १५ शनिबार

साताको सेयर कारोबार रकम १० प्रतिशतले घट्यो

kharibot

साताका प्रमुख सेयर सूचकांकहरु

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार छ सय ३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १० दशमलव १७ प्रतिशतले घटेको हो । गत साता एक सय ८० कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २७ हजार पाँच सय २२ कारोबारबाट एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँबराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५४ दशमलव १५ अंकले बढेर अन्तिम दिन १२ सय ५० दशमलव ३९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव दुुई अंकले बढेर दुुई सय ६६ दशमलव ८९ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकम सात करोड ६७ लाख ३० हजार रुपैयाँको आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ५० हजार कित्ताको आधारमा भने जनता बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या २१ सय १५ वटाको आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सूचीकरण तर्फ भने यो साता पाँच वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका आधारमा नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक उत्कृष्ट पाँच कम्पनी बन्न सफल भएका छन् ।

यस्तै, यो साता सूचीकरणतर्फ भने सहयोगी विकास लि.को बोनस ८४९४४७ कित्ता, ज्योति विकास बैंक लि.को बोनस २३०२८७२ कित्ता, सिटिजन्स बैंक इन्टरनेशनल लि.को बोनस ११११५४ कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस ८४१४ कित्ता र नेपाल बंगलादेश बैंकको बोनस र हकप्रद गरी ८६९००६१ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै