• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : नेप्से १५ सय ६१ अंकमा, १२ अर्ब १५ करोडको कारोबार

kharibot

काठमाडौं । यो साता नेप्से १५ सय ६१ दसमलव २७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय नौ दसमलव ५७ अंकमा पुगेको छ ।

यो साता नेप्सेमा एक सय ९९ वटा कम्पनीहरुको दुई लाख ६१ हजार आठ सय ४९ पटकको कारोवारमा चार करोड चार लाख ७९ हजार चार सय ९८ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार दुई सय २३ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार यो कारोवार रकम गत साताको तुुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।  गत साता भने नेप्सेमा दुई सय दुई वटा कम्पनीहरुको एक लाख ९७ हजार दुई सय ४४ पटकको कारोवारमा चार करोड १३ लाख ७२ हजार दुई सय तीन कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम १३ अर्ब ९७ करोड तीन लाख ९३ हजार एक सय ४९ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो, चौथो र पाँचौं दिन बढेको थियो भने दोस्रो र तेस्रो दिन घटेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से तीन अंकले बढेर १५ सय ७५ दसमलव १८ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव १२ अंकले बढेर तीन सय १३ दसमलव ६२ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से छ दसमलव १२ अंकले घटेर १५ सय ६९ दसमलव छ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ३८ अंकले घटेर तीन सय १२ दसमलव २४ अंकमा झरेको थियो ।

तेस्रो दिन पनि नेप्से २२ दसमलव ९१ अंकले घटेर १५ सय ४६ दसमलव १५ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ८४ अंकले घटेर तीन सय सात दसमलव ३९ अंकमा झरेको थियो । चौथो दिन भने नेप्से नौ दसमलव ३७ अंकले बढेर १५ सय ५५ दसमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९५ अंकले बढेर तीन सय आठ दसमलव ३४ अंकमा पुगेको थियो । अन्तिम दिन पनि नेप्से पाँच दसमलव ७४ अंकले बढेर १५ सय ६१ दसमलव २७ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि एक दसमलव २३ अंकले बढेर तीन सय नौ दसमलव ५७ अंकमा पुगेको थियो । 

यो साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोवार भएकाछन । सेयर संख्याका आधारमा भने यो साता नेपाल बैंक, अपी पावर लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । सेयर सुचीकरण तर्फ भने यो साता समाज लघुबित्त बित्तीय संस्था, छ्याङदी हाईड्रो पावर कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको बोनस सेयर, साधारण सेयर र हकप्रद सेयर सुचीकरण भएकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै