• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : १३ सय ९७ बिन्दुमा,चार अर्ब ९४ करोडको कारोवार

kharibot

फाइल तस्वीर

काठमाडौं । यो साता नेप्से १३ सय ९७ दसमलव ५७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८८ दसमलव ३६ अंकमा पुगेको छ । नेप्सेमा यो साता एक सय ७६ कम्पनीहरुको कारोवार भएकाछन् । सो अनुसार ८१ हजार दुई सय ३४ वटा कारोवारमा एक करोड ५७ लाख ६६ हजार दुई सय ५७ कित्ता सेयर किनबेच भएकाछन् भने कारोवार रकम चार अर्ब ९४ करोड २६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा घटेको हो ।

गत साता भने नेप्सेमा एक सय ७५ कम्पनीहरुको कारोवार भएका थिए । सो अनुरुप एक लाख ३२ हजार छ सय ८० वटा कारोवारमा एक करोड ७४ लाख ७२ हजार चार सय ५४ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ८० करोड ६० लाख ३५ हजार तीन सय ६३ रुपैयाँ पुगेको थियो । यो साता पाँच कार्यदिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र चौथो दिन नेप्से घटेपनि दोस्रो, तेस्रो र पाँचौ दिन सेयर नेप्से बढेको थियो ।

पहिलो दिन नेप्से १७ दसमलव ३३ अंकले घटेर १३ सय ९१ दसमलव ४६ अंकमा झरेको थियो भने सेन्सिटिभ चार दसमलव ९८ अंकले घटेर दुई सय ८८ दसमलव ८६ अंकमा झरेको थियो ।  दोस्रो दिन भने नेप्से १० दसमलव ७५ अंकले बढेर १४ सय दुई दसमलव २१ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १४ अंकले बढेर दुई सय ९० अंकमा चढेको थियो ।

तेस्रो दिन पनि नेप्से पाँच दसमलव ६८ अंकले बढेर १४ सय सात दसमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २३ अंकले बढेर दुई सय ८९ दसमलव ७७ अंकमा चढेको थियो । चौथो दिन नेप्से १६ दसमलव छ अंकले घटेर १३ सय ९१ दसमलव २९ अंकमा झरेको थियो भने सेन्सिटिभ पनि दुई दसमलव ७१ अंकले घटेर दुई सय ८७ दसमलव सात अंकमा झरेको थियो । पाँचौं दिन भने नेप्से छ दसमलव २८ अंकले बढेर १३ सय ९७ दसमलव ५७ अंकमा पुगेको थियो भने सेन्सिटिभ एक दसमलव ३६ अंकले उकालो लागेर दुई सय ८८ दसमलव ३६ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, एनएमबी बैंक आदि परेकाछन् भने कारोवार भएको सेयर संख्याको आधारमा पनि नेपाल बैंक, अजोड इन्स्योरेन्स कम्पनी, आदि परेकाछन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय