• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : नेप्से १४ सय आठ बिन्दुमा, पाँच अर्ब ८० करोडको कारोबार

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौ । यो साता नेप्से १४ सय आठ दसमलव ७९ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ९३ दसमलव ८४ अंकमा पुगेको छ । 

सोही आधारमा यो साता नेप्सेमा एक सय ७५ कम्पनीहरुको कारोवार भएकाछन । सो अनुरुप एक लाख ३२ हजार छ सय ८० वटा कारोवारमा एक करोड ७४ लाख ७२ हजार चार सय ५४ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम पाँच अर्ब ८० करोड ६० लाख ३५ हजार तीन सय ६३ रुपैयाँ पुगेको छ । गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको कारोवार भएको थियो ।

सो अनुरुप ८५ हजार छ सय वटा कारोवारमा एक करोड ५७ लाख ९३ हजार नौ सय ७० कित्ता सेयर किनबेच हुदा कारोवार रकम पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार पाँच सय ६५ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्यदिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथौ दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो । सो मध्ये पहिलो दिन नेप्से ११ दसमलव तीन अंकले बढेर १३ सय ९२ दसमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ४६ अंकले बढेर दुई सय ९१ दसमलव दुई अंकमा पुगेको थियो ।

दोस्रो दिन पनि नेप्से ३७ दसमलव ७४ अंकले बढेर १४ सय ३० दसमलव ४१ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव ६३ अंकले बढेर दुई सय ९८ दसमलव ६४ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से छ दसमलव ६१ अंकले घटेर १४ सय २३ दसमलव ८१ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ३८ अंकले घटेर दुई सय ९७ दसमलव २७ अंकमा पुगेको थियो ।

चौथो भने नेप्से एक दसमलव ५१ अंकले बढेर १४ सय २५ दसमलव ३२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य दुई अंकले बढेर दुई सय ९७ दसमलव २९ अंकमा पुगेको थियो ।  अन्तिम कारोवार दिन भने नेप्से १६ दसमलव ५३ अंकले घटेर १४ सय आठ दसमलव ७९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४५ अंकले घटेर दुई सय ९३ दसमलव ८४ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । सेयर संख्याको आधारमा भने यो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि अगाडि परेकाछन ।

यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै