• २०८१ बैशाख १५ शनिबार

बैशाख एकदेखि आयल निगमले ट्रयांकरलाई ‘लक’ प्रक्रियामा ल्याउने

kharibot

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्रयांकरहरुलाई ‘लक’ प्रक्रियामा ल्याउँने भएको छ । 

पेट्रोलियम पदार्थ बोक्दा ट्रयांकरहरुबाट हुँने गरेको चुहावटलाई न्युनीकारण गर्न यो प्रक्रिया लागु गर्ने भएको हो । 

भारतको मोतिहारी–रक्सौल देखि नेपालको अम्लेखगञ्ज सम्म आईपुग्दा सवारी चालक र कर्मचारी कै मिलोमतोमा ट्रयाकरबाट पेट्रोलियम पदार्थ चुहावट हुँने गरेका घटना बढ्न थाले पछि यसलाई नियन्त्रण गर्न नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले बैशाख एक गते देखि यो प्रक्रिया लागु गर्ने भएको छ । 

‘लक’  प्रक्रिया लागु भए पछि भारतीय क्षेत्रमा लोड् भएका पेट्रोलियम ट्रयांकरहरु नेपाल आयल निगम वा सम्बन्धित क्षेत्रमा पुगे पछि त्यहाँका कर्मचारीको सहयोगमा मात्रै खोल्न सकिने छ । कर्मचारीको निगरानिमा लक’ बन्द हुँने र खोलीने भए पछि चुहावट शुन्या अवस्थामा ल्याउँन सकिने नेपाल आयल निगम अम्लेखगञ्ज शाखाका क्षेत्रिय प्रमुख ईन्जिनियर प्रदिप कुमार यादवले बताए । 

उनले सवारी धनिलाई बैशाख एक भित्र आफ्ना सबै ट्रयाकरमा अनिवार्य लकिङ्ग सिष्टम लागु गर्न जानकारी गराईसकेको बताए । छिमेकी मुलुक भारतमा लागु भईसकेको यो ‘लक’ प्रक्रिया नेपालका नयाँ सवारी साधनमा रहेको तर , पुरानो सवारी साधनमा नरहेकोले अब अनिर्वाय गर्न लागिएको यादवको भनाई छ ।

अहिले आयल निगम अम्लेखगञ्ज शाखा अन्र्तगत मात्रै दैनिक झण्डै तीन सयको हाराहारीमा ट्रयांकरहरु सञ्चालनमा रहेका छन् । जस मध्ये हाल सम्म झण्डै एक सय ट्रयांकरमा मात्र ‘लक’ प्रक्रिया शुचारु रहेको निगमले जनाएको छ । यदी तेकिएको समय भित्र लक प्रक्रियाको पालना नगर्ने ट्रयांकरलाई शाखामा प्रवेश निषेध गराइँने प्रमुख यादावले बताए ।

आयल निगमले थालेको यो प्रक्रियालाई पुर्ण रुपले पालना गराउँन सके चुवाहटमा न्युनीकरण हुँनुका साथै, एक आध कर्मचारी र चालकले गरेका अनैतिक कृयाकलापबाट बदनामी खेपिरहेको सस्थाको मनोवल समेत उच्च हुँने देखिन्छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय