काठमाडौँ । धनगढीमा चैत १७ गतेदेखि सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करण रुस्लान डीपीयल २ क्रिकेट प्रतियोगितामा ‘मोस्ट भ्यालुयबल प्लेयर’ले सुनको जुत्ता पाउने भएका छन् ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने जानकारी दिएको हो ।
प्रतियोगिताको मोस्ट भ्याल्युयवल प्लेयरलाई प्रतियोगिताको सह–प्रायोजक रहेको किरण शु मानिफ्याक्चरको गोल्डस्टार शुले सुनको जुत्ता प्रदान गर्ने भएको छ।
सम्झौता बमोजिम किरण शुले डीपीएललाई सह प्रायोजन गरेवापत सुनको जुत्तासँगै थप ९ लाख नगद उपलब्ध गराउनेछ।
गोल्डस्टार शु रुस्लान डीपीयल २ को फुटवयर पार्टनरको रूपमा रहनेछ ।‘मोस्ट भ्यालुयबल’ खेलाडीको विषयमा प्राविधिक समितिले निर्णय गर्ने बताइएको छ । डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने घोषणा भइसकेको छ ।