• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ गोल्डेन्स रुस्लान डिपिएलको फाइनलमा, उपाधिका लागि धनगढीसँग भिड्ने

kharibot

काठमाडौँ । काठमाडौँ गोल्डेन्स रुस्लान डिपिएलको फाइनलमा प्रवेश गरेको छ । 

धनगढीमा जारी डिपीएल २ को दोस्रो कवालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

महेन्द्रनगरले दिएको १४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

काठमाडौंका लागि सुबोथ भाटीले सर्वाधिक ५२ रन बनाएका थिए । भाटीले १८ बलमा ५ छक्का र ४ चौकाको मद्धतले ५२ रन बनाउदै काठमाडौँलाई जितको आधार खडा गरिदिएका थिए । काठमाडौँका लागि अमित श्रेष्ठले २६ कप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए । 

त्यस्तै महेन्द्रनगर युनाइटेडका बलर पुनित मेहराले २ विकेट लिए भने पुनित विष्ट, भुवन कार्की र रोवीन क्षेत्रीले समान एक, एक विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङमा टस हारेर पहिला ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

खेलको सुरु मै संकटमा परेको महेन्द्रनगरलाई आरिफ सेख र पुनित महराले उद्धार गरेर राम्रो स्थितिमा पुर्याएका हुन् ।

काठमाडौँका सन्नी पटेलले यस सिजनको डिपिएलको उत्कृष्ट बलिङ गर्दै सुरुका ६ विकेट लिएपछि महेन्द्रनगर पहिलो ५ ओभरमा ६ विकेट गुमाउदै केबल १० रन बनाएको थियो । त्यसपछि क्रिजमा आएका पुनित महरा र अरिफ सेखले ८५ रनको पार्टनरसिप गरेका थिए ।

महेन्द्रनगरका लागि पुनित मेहराले ५८ रन बनाएका थिए भने आरिफ सेखले ४३ रन बनाएका थिए । त्यस्तै करण केसीले २४ रनको योगदान दिएका थिए । 

काठमाडौँका सन्नी पटेलले ६, पुष्प थापा र सुबोथ भाटीले एक एक विकेट लिएका थिए ।

यस सिजनको रुस्लान डिपिएलको फाइनल खेल अब धनगढी टिम चौराहा र काठमाडौँ गोल्डेनसबीच हुने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै