• २०८१ बैशाख १५ शनिबार

इजिप्टमाथि पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल, रोनाल्डोले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २-१ ले पराजित गरेको छ । 

गएराती भएको खेलमा खेलको अन्तिम मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलको मद्धतले पोर्चुगलले इजिप्टलाई पराजित गरेको हो ।  

रोनाल्डोले दुवै गोल खेलको ९० मिनेट पछिको इन्जुरी समयमा गरेका थिए । खेलको ५६औ मिनेटमा लिभरपुलबाट खेल्ने इजिप्टका स्ट्राइकर मोहमद सलाहले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० मिनेट पछि इन्जुरी समयमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए । रोनाल्डोलाई दुवै गोल रिकार्डो क्वारिस्माले असिस्ट गरेका थिए ।

रोनाल्डोले गरेको दुई गोल सँगै उनि अन्तर्राष्ट्रिय गोल स्कोररको सुचिमा तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पोर्चुगलका लागि १४८ खेलमा कुल ८१ गोल गरेका छन् ।

रोनाल्डोले ८० गोल गरेका जापानका कुनिशिन्घे कामामोटोको रेकर्डलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएका हुन् । रोनाल्डो भन्दा भन्दा अगाडी हंगेरीका फेरेन्क पुकासले ८४ र इरानका अलि दाइले १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय