• २०८१ बैशाख २३ आइतबार

२०३४ को फुटबल विश्वकप आयोजना गर्न साउदी अरेबियाको दाबेदारी

kharibot

काठमाडौँ । साउदी अरेबियाले २०३४ को विश्वकप आयोजना गर्न आफ्नो दाबेदारी पेश गरेको छ । फिफाले एशिया र ओशियान क्षेत्रका देशहरुलाई २०३४ को विश्वकप आयोजना गर्ने प्रस्ताव पेश गर्न आव्हान गरेको केहि मिनेटमा नै साउदी अरेबियाले आफ्नो प्रस्ताव पेश गरेको हो ।

साउदी अरेबियाको फुटबल महासंघले भनेको छ- 'साउदी अरेबिया फुटबल महासंघको नेतृत्वमा, २०३४ को बिडले विश्व स्तरीय टूर्नामेंट प्रदान गर्ने उद्देश्य राखेको छ र यसले साउदी अरेबियाको चलिरहेको सामाजिक र आर्थिक रूपान्तरण र देशको फुटबलको गहिरो जराबाट प्रेरणा लिनेछ ।'

विज्ञप्तिमा अगाडी भनिएको छ- 'साउदी अरेबियाको उद्घाटन फिफा विश्वकप बिडलाई विश्व-स्तरीय फुटबल कार्यक्रमहरू आयोजना गर्ने देशको बढ्दो अनुभव र २०२३ फिफा क्लब विश्वकप र २०२७ एएफसी एसियाली कपमा विश्वभरका फ्यानहरूलाई स्वागत गर्न चलिरहेको योजनाहरूद्वारा समर्थित छ ।'

फिफाले मोरक्को, स्पेन र पोर्चुगललाई २०३० विश्वकपको आयोजकको रूपमा नामाकरण गरेपछि साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने घोषणा गरको हो । २०३० विश्वकपको शुरुका तीन खेल भने विश्वकप आयोजना भएको शताब्दी बर्ष पुगेको अवसरमा उरुग्वे, अर्जेन्टिना र पराग्वेमा आयोजना हुने छन् । 

फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओशिनिया क्षेत्रमा हुने बताएपछि एसियाली फुटबल महासंघका अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफाले यस निर्णयको स्वागत गरेका छन् । उनले भनेका छन्- 'हामी दृढतापूर्वक विश्वास गर्छौं कि यसले विश्व पुरुष फुटबलको शिखर - प्रतिष्ठित फिफा विश्वकपको लागि बोली लगाउन र होस्ट गर्ने सबै कन्फेडेरेसनहरूको लागि थप समान अवसरको लागि मार्ग प्रशस्त गर्दछ ।'

अर्जेन्टिनाले जितेको २०२३ को विश्वकप कतारमा सफलताका साथ आयोजना गरिएको थियो । 

अब अर्को विश्वकप फुटबल २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्नेछन् । यस विश्वकपमा ४८ देश सहभागी हुदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै