• २०८१ बैशाख २३ आइतबार

महिला फुटबल विश्वकपको सेमिफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ । जारी महिला फुटबल विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

शनिबार क्वाटरफाइनलका खेलहरु सकिएपछि विश्वकपमा सेमिफानलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

यस विश्वकपमा स्पेन, स्विडेन, अस्ट्रेलिया र इङल्याण्ड सेमिफाइनलमा पुगेसँगै अब महिला फुटबल विश्वकप अहिलेसम्म नजितेको देशले जित्ने निश्चित भएको हो । यसअघि विश्वकप जितेका अमेरिका, जर्मनी, जापान, नर्वे यसअघि नै विश्वकपबाट बाहिरिएका छन् ।

क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्डसलाई २-१ ले हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ भने स्विडेनले २०११ को विश्वकप विजेता जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब पहिलो सेमिफाइनलमा स्पेन र स्विडेन भिड्ने छन् । यो खेल अगस्त १५ मा हुने छ ।

त्यस्तै अस्ट्रेलियाले रोमान्चक पेनाल्टी सुटआउटमा फ्रान्सलाई ७-६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । त्यस्तै इङल्याण्डले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब दोस्रो सेमिफाइनलमा आयोजक समेत रहेको अस्ट्रेलियाले इङल्याण्डको सामना गर्ने छ । यो खेल अगस्त १६ मा हुने छ ।

      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै