• २०८१ बैशाख २३ आइतबार

इङल्याण्ड महिला फुटबल विश्वकपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । इङल्याण्ड जारी महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

इङल्याण्डले शनिबार क्वाटरफाइनलको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा लाउरेन हेम्प र अलेस्सिया रुसोले एक एक गोल गरेका हुन् । त्यस्तै कोलम्बियाका लागि लेइसी सान्तोसले एक गोल गरेकी थिइन् ।

इङल्याण्ड पछिल्लो विश्वकपमा पनि सेमिफाइनलमा पुगेको थियो । इङल्याण्ड महिला विश्वकपमा अहिलेसम्म यो तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यस अघि २०१५ को विश्वकपमा तेस्रो भएको इङल्याण्डको अहिलेसम्मको विश्वकपमा ठुलो सफलता हो ।   

अब इङल्याण्डले सेमिफाइनल खेलमा अस्ट्रेलियाको सामना गर्ने छ । अस्ट्रेलिया र इङल्याण्डबीचको सेमिफाइनल खेल अगस्त १६ मा हुने छ ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै