• २०८१ जेठ ६ आइतबार

युएईसँग जिम्बाबे पराजित, आयरल्याण्ड र अफगानिस्तानलाई विश्वकपमा छनौट हुने मौका  

kharibot

काठमाडौँ । आसीसी विश्वकप छनौट खेलको सुपर सिक्सको अन्तिम खेलमा युएईसँग पराजित भएपछि आयोजक जिम्बाबेको विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । 

अब शुक्रबार हुने आयरल्याण्ड र अफगानिस्तानबीचको खेलको विजेता विश्वकपमा छनौट हुने भएको छ । 

वर्षाबाट प्रभावित भएको खेलमा ४० ओभरमा २३० रनको लक्ष्य पाएको जिम्बाबले ४० ओभरमा ७ विकेट गुमाएर केबल २२६ रन मात्र बनाउन सक्यो र खेल ३ रनले हार्यो । जिम्बाबेका लागि सिन विलियम्सले सर्वाधिक ८० रन बनाए ।

जिम्बाबेलाई पराजित गर्न युएईका मोहमद नाभेदले ३ विकेट लिएका थिए । उनि खेलको म्यान अफ द म्याच पनि बने । प्रतियोगिताबाट बाहिरिएको युएईले सुपर सिक्समा पहिलो जित हासिल गरेको हो ।

वेस्टइण्डिज विश्वकपमा छनौट भइसकेको छ भने अब बर्षाले खेल प्रभावित नगरेमा वा अन्य केहि घटना नभएमा आयरल्याण्ड र अफगानिस्तानलाइ विश्वकपमा छनौट हुने अवसर प्राप्त भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै