• २०८१ बैशाख १४ शुक्रबार

चीनविरुद्ध ग्यारेथ बेलले गरे ह्याट्रिक, बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका स्टार फुटबलर ग्यारेथ बेलले आफ्नो देश वेल्सका लागि चीनविरुद्दको खेलमा ह्याट्रिक गर्दै वेल्सलाई चाइना कपको फाइनलमा पुर्याएका छन् । 

विहिबार भएको खेलमा वेल्स चीनविरुद्ध ६-० गोल अन्तरले विजयी हुदा बेलले ह्याट्रिक गरेका हुन् । बेलले खेलको दोस्रो, २१औ र ६२औ मिनेटमा गोल गरेका थिए भने साम भोक्सले खेलको ३८औ र ५८औ मिनेटमा गोल गरेका थिए त्यस्तै ह्यारी विल्सनले खेलको ४५औ मिनेटमा गोल गरेका थिए । 

यो ह्याट्रिकसँगै बेल वेल्सबाट सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । बेलले वेल्सका लागि ६९ खेल खेल्दै २९ गोल गरेका हुन् । यस अघि इआन रशले ७३ खेल खेल्दै वेल्सका लागि २८ गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका पुर्वखेलाडी रायन गिग्स म्यानेजरको रुपमा पहिलो खेलमा वेल्सलाई ठुलो जित दिलाएका छन् । 

चाइना कपमा वेल्स फाइनलमा पुगेको छ भने अब उरुग्वे र चेक रिपब्लिकविचको विजेतासँग फाइनलमा खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै