• २०८१ बैशाख २३ आइतबार

अमेरिकी लिगमा ग्यारेथ बेलको पहिलो गोल

kharibot

काठमाडौँ । ग्यारेथ बेलले अमेरिकी लिग एमएलएसमा पहिलो खेल गरेका छन् ।

रियल म्याड्रिड छोडेर यस सिजनमा अमेरिकी लिगमा एलए एफसीमा गएका बेलले आफ्नो दोस्रो खेलमा पहिलो गोल गर्दै सुखद शुरुवात गरेका छन् ।

यस खेलमा एलए स्पोर्टिंग कन्सास सिटीविरुद्ध २-० ले विजयी भएको थियो ।

खेलको ६५औँ मिनेटमा मैदानमा छिरेका बेलले खेलको ८३औँ मिनेटमा गोल गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिदै बेलले महत्वपूर्ण विषय टिमको जित भएको बताए । बेलले नयाँ क्लबमा आफु छिटै एडजस्ट भएको बताउदै आफ्नो फिटनेस पनि अहिले राम्रो रहेको बताए । उनले आफुले आउदा खेलहरुमा अझै गोल गर्ने विश्वास व्यक्त गरे ।

एलए एफसीको लिगमा अहिलेसम्म २१ खेलमा ४५ अंक छ र वेस्टर्न कन्फेरेन्समा शिर्ष स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै