• २०८१ बैशाख ११ मंगलबार

ग्यारेथ बेलको गोलमा अमेरिकासँग हारबाट बच्यो वेल्स

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत वेल्सले अमेरिकासँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा वेल्सले अमेरिकासँग १-१ गोलको बराबरी खेलेको हो ।

१-० गोलले पछि परेको अवस्थामा खेलको ८२औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै वेल्सलाई हारबाट बचाएका हुन् ।

त्यस्तै यसअघि खेलको ३६औँ मिनेटमा अमेरिकाका लागि टिमोथी वीहले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

यो बराबरीपछि समुह बि मा वेल्स र अमेरिकाको १-१ अंक भएको छ र क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

समुह बिमा सोमबार भएको खेलमा ईङल्याण्डले इरानलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै