• २०८१ बैशाख २३ आइतबार

ग्यारेथ बेल फेरी घाइते

kharibot

काठमाडौँ । फुटबलर ग्यारेथ बेल फेरी घाइते भएका छन् । रियल म्याड्रिडको आइतबार रातिको खेल अघिको प्रशिक्षणका क्रममा घाइते भएका बेल सोमबार गरिएको परिक्षणमा उनलाई हाम्सट्रीङ इन्जुरी भएको हो ।

प्रशिक्षणका क्रममा बेलले दाहिने खुट्टामा पट्टी बाधेको देखिएको थियो । रियल म्याड्रिडले भने बेलको इन्जुरीको बारेमा जानकारी दिएको छैन । अन्तर्राष्ट्रिय ब्रेकपछि रियल म्याड्रिडको लगातार खेल खेल्नुपर्ने अवस्थामा बेल घाइते भएपछि म्याड्रिड अप्ठ्यारोमा परेको छ । रियल म्याड्रिडले आउदो तीन सातामा ला लिगका चार खेल र च्याम्पियन्स लिगका दुई खेल खेल्दै छ ।

३२ बर्षिय बेल राष्ट्रिय टिमबाट सयौ खेल खेल्ने तयारीमा समेत रहेका बेला घाइते भएका छन् । अर्को महिना हुने विश्वकप छनौट खेलमा वेल्सले चेक रिपब्लिक र पराग्वेको सामना गर्दै छ । बेलले वेल्सका लागि ९८ खेल खेलेका छन् भने ३६ गोल गरेका छन् ।

बेलको सोमबार गरिएको स्क्यानको नतिजा आएपछि मात्र उनको इन्जुरीको अवस्था बारे थप स्पष्ट हुने बताइएको छ ।

गत सिजनमा टोटनह्यामबाट खेल्दा समेत बेल तीन पटक घाइते भएका थिए । गत सिजनमा उनी ४० दिन घुँडाको समस्या हुदा मैदान बाहिर थिए भने अर्को २८ दिन मसल्स इन्जुरीका कारण बाहिर थिए ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै