• २०८१ बैशाख २३ आइतबार

ग्यारेथ बेलले छोडे रियल म्याड्रिड

kharibot

काठमाडौँ । वेल्सका स्ट्राइकर ग्यारेथ बेलले अन्तत: रियल म्याड्रिड छोड्ने भएका छन् । बेलले बुधबार एक विज्ञप्ति जारी गर्दै रियल म्याड्रिड छोड्ने जानकारी दिएका हुन् ।

बेलले रियल म्याड्रिडबाट खेल्ने अवसर दिएकोमा क्लब, व्यवस्थापन र फ्यानहरुलाई धन्यवाद दिदै आफ्नो सपना पुरा भएको उल्लेख गरेका छन् ।

२०१३ मा कीर्तिमानी रकममा रियल म्याड्रिड गएका बेल लामो समय इन्जुरी र खराब प्रदर्शनका कारण रियल म्याड्रिडमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् ।

बेलले यो सिजनमा रियलका लागि केबल ५ खेल खेल्दै एक गोल गरेका थिए भने २०१९-२० सिजनमा केवल १६ खेल खेल्दै ३ गोल गरेका थिए । उनले रियल म्याड्रिडमा ८ सिजनमा २५८ खेल खेल्दै १०६ गोल गरेका छन् ।

२०२०-२१ सिजनमा उनी आफ्नो पुर्व क्लब टोटनह्यामबाट खेलेका थिए । टोटनह्यामबाट उनले कुल ३४ खेल खेल्दै १६ गोल गरेका थिए ।

बेल खेलेको यस अवधिमा रियल म्याड्रिडले तीन ल लिगा, ५ च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा विश्वकप २-२ पटक, कोपा डेल रे एक पटक र स्पेनिस सुपर कोपा एक पटक जितेको थियो ।

बेलले रियल म्याड्रिड छोडेपनि अब उनी कुन क्लबबाट खेल्छन् भन्ने स्पष्ट भएको छैन । उनलाई केहि प्रिमियर लिग क्लबहरुले चासो देखाएपनि निष्कर्षमा भने अझै पुगेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै