• २०८१ बैशाख २४ सोमबार

ग्यारेथ बेलले लिए फुटबलबाट सन्यास

kharibot

काठमाडौँ । वेल्सका स्ट्राइकर ग्यारेथ बेलले सबै खाले फुटबलबाट सन्यास लिएका छन् ।

३३ बर्षिय बेलले सोमबार राति आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

सामाजिक संजालमार्फत बेलले आफुले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बताएका हुन् ।

बेलले पछिल्लो पटक वेल्सका लागि हालै सम्पन्न कतार विश्वकपमा खेलेका थिए । वेल्सका लागि १११ खेल खेलेका बेलले ४१ गोल गरेका छन् ।

त्यस्तै क्लबमा भने उनी पछिल्लो समय अमेरिकी क्लब लस एन्जेल्स एफसीका लागि खेलेका थिए । जुलाईमा लस एन्जल्स गएका बेलले एमएलएस कप जिताउन निर्णायक गोल गरेका थिए ।

बेलले आफुले निकै सोचेर यस्तो निर्णय गरेको उल्लेख गरेका छन् । बेलले साउथहम्पटन, टोटनह्याम, रियल म्याड्रिड जस्ता क्लबबाट क्लब फुटबल खेलेका थिए । उनले सबैभन्दा लामो समय रियल म्याड्रिडमा ८ सिजन बिताएका थिए । रियल म्याड्रिडमा कुल २५६ खेलमा १०६ गोल गरेका बेलले पाँच च्याम्पियन्स लिग र तीन ला लिगा जितेका थिए ।

बेलले छिटै फुटबलबाट सन्यास लिनुलाई धेरैले उनी गल्फ खेललाई अगाडी बढाउन सक्ने रुपमा हेरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै