काठमाडौं । रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार विमान दुर्घटनामा २६ यात्री र छ जना चालकदलका सदस्यको मृत्यु भएको छ ।
रुसी प्रतिरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी मिडियाहरुले जनाएअनुसार एन–२६ विमान लताकिया राज्यस्थित ख्मेमिम एयर बेसमा अवतरणका क्रममा उक्त दुर्घटना भएको हो ।
यद्यपि विमानमा आगलागी भने नभएको जनाइएको छ ।
प्राविधिक कारणवश उक्त दुर्घटना भएको हुनसक्ने बताइएको छ । अरबी टेलिभिजन अलजजिराले पनि दुर्घटनाको पुष्टि गरेको छ ।
यसबारे थप जानकारी आउन बाँकी छ ।