• २०८१ बैशाख १५ शनिबार

सिरियाका दुई विमानस्थलमा इजरायलको मिसाइल आक्रमण

kharibot

काठमाडौँ । इजरायलले सिरियाको राजधानी दमास्कस र अलेप्पो सहरका दुई विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’ का अनुसार विमानस्थलको रनवेमा मिसाइल आक्रमण भएपछि विमानस्थल बन्द भएको छ ।

स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ ।

इरानका विदेशमन्त्रीको सिरिया भ्रमणमा आउदै गरेका बेला इजरायलले यो हमला गरेको हो । सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ । इरानले हमासलाई यी विमानस्थलको प्रयोग गर्दै हतियार सहयोग गर्नसक्ने आशंका गर्दै इजरायलले आक्रमण गरेको विश्लेषण गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै