• २०८१ बैशाख १६ आइतबार

वाफ च्याम्पियनसिपमा आज नेपालको सामना सिरियासँग

kharibot

काठमाडौं । पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत नेपाली महिला फुटबल टिमले आज आफ्नो पहिलो खेल सिरियाविरुद्ध खेल्दै छ ।

साउदी अरेबियामा हुने यस प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदै छ ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

सोमबारदेखि शुरु भएको प्रतियोगितामा समुह ए बाट जोर्डन र लेबनानले विजयी शुरुवात गरेका छन् । जसमा लेबनानले गुआमलाई ४-३ ले तथा जोर्डनले आयोजक साउदी अरेबियालाई ३-१ गोल अन्तरले पराजित गरेका थिए ।

नेपाली महिला फुटबल टिम :

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर: गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डर: अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड: चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै