• २०८१ बैशाख १८ मंगलबार

जापानी लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

kharibot

फाइल तस्बीर

काठमाडौँ । जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ । जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो । अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो । 

दुई पाइलटहरू ५२ बर्षिय कर्नल कोजी तानाका र ३३ बर्षिय क्याप्टेन रिउसेइ उएटा विमानमा सवार थिए । जापानको रक्षा मन्त्रालयले कसको शव बरामद भएको हो भन्ने खुलासा गरेको छैन।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै