• २०८१ बैशाख १४ शुक्रबार

नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

kharibot

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

आइतबार मेलवर्नमा भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ७-६ (१६-१४) ६-२ ६-२  ले हराएर पाँचौ वरीयताका नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । खेल २ घन्टा ४० मिनेट चलेको थियो । 

नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ वर्षीय नाडाल गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै