• २०८१ बैशाख ७ शुक्रबार

हजारौं विद्यार्थीमाथि यौन दुर्व्यबहार पुष्टिपछि युनिभर्सिटीले तिर्ने भयो ४९० मिलियन डलरको क्षतिपूर्ति

kharibot

काठमाडौँ । अमेरिकाको युनिभर्सिटी अफ मिशिगनका फुटबल डाक्टरले एक हजारभन्दा बढीलाई यौन दुर्व्यबहार गरेको प्रकरणमा ४९० मिलियन डलरको क्षतिपूर्ति दिइने भएको छ । यो अमेरिकाको कुनै पनि विश्वविद्यालयले यौन उत्पीडनका घटनामा क्षतिपूर्ति दिने सबैभन्दा ठूलो रकम हो।

डा. रोबर्ट एन्डरसनले सन् १९७० को दशकदेखि विश्वविद्यालयका फुटबल खेलाडी र अन्य विद्यार्थीहरूलाई यौन उत्पीडन गर्दै आएका थिए । तीन वर्ष पहिले, एक पूर्व विद्यार्थीले डा एन्डरसनलाई यौन उत्पीडनको आरोप लगाउँदै उजुरी पत्र पठाएका थिए । डा एन्डरसनले मेडिकल जाँचको नाममा विद्यार्थीलाई यौन दुर्व्यबहार गर्ने गरेको बताइएको छ । डा एन्डरसनको २००८ मा मृत्यु भएको थियो । एन्डरसन जीवित हुदा कुनै पनि यौन उत्पीडनको आरोप लगाइएको थिएन ।

एन्डरसनले खेलाडीहरुमा सामान्य समस्या हुदा पनि जाँच गर्ने नाममा यौन दुर्व्यबहार गर्ने गरेको बताइएको छ । 

यस प्रकरणको अनुसन्धानमा एन्डरसनले विद्यार्थीको यस्तो परीक्षण गर्ने गरेको खुलासा भएको थियो जसको आवश्यकता नै थिएन । 

पीडित विद्यार्थी जवाफदेहिता चाहन्थे

पीडितहरूका वकिल जेमी ह्वाइटले एक विज्ञप्तिमा मिशिगन विश्वविद्यालयले आर्थिक जिम्मेवारी स्वीकार गरेको बताए । अधिकांश मानिसहरू विश्वविद्यालयसँग गहिरो रूपमा संलग्न छन् र स्थायी क्षति हेर्न चाहँदैनन् तर जवाफदेहिता चाहन्थे । विश्वविद्यालयले अब एक हजार ५० पीडितलाई क्षतिपूर्तिस्वरूप ३ हजार करोड डलर दिनेछ भने थप ३० मिलियन डलर भविष्यका दावीहरूको लागि छुट्याइनेछ।

मुद्दाको अनुसन्धान सन् २०२० देखि चलिरहेको थियो

मिशिगनले फेब्रुअरी २०२० मा एक पूर्व विद्यार्थीको उजुरीपछि यस विषयमा अनुसन्धान थालेको थियो। यस क्रममा मिशिगनले एन्डरसनको यौन उत्पीडनको शिकार भएकाहरूलाई अगाडि आउन आग्रह गरेको थियो । त्यसयता अधिकारीहरूले यस विषयमा गोप्य अनुसन्धान गरिरहेका थिए ।

सन् २००८ मा एन्डरसनको मृत्यु भएको थियो

एन्डरसनले मिशिगन विश्वविद्यालयमा १९६६ देखि २००३ मा सेवानिवृत्ति सम्म काम गरेका थिए । एन्डरसन विश्वविद्यालयको स्वास्थ्य सुविधाका निर्देशक र फुटबल सहित धेरै एथलेटिक टोलीका चिकित्सक थिए । सन् २००८ मा एन्डरसनको मृत्यु भएको थियो ।

धेरै विश्वविद्यालयहरूले क्षतिपूर्ति तिरेका छन् पछिल्लो दशकमा, विश्वविद्यालयहरूले मुद्दाहरू समाधान गर्न क्षतिपूर्तिको रूपमा ठूलो रकम तिरेका छन् । २०१३ मा पेन स्टेट युनिभर्सिटीले सहायक फुटबल प्रशिक्षक जेरी स्यान्डुस्कीका दुई दर्जन भन्दा बढी पीडितहरूलाई लगभग ६० मिलियन डलर तिर्ने बताएको थियो । ओहायो स्टेट युनिभर्सिटीले ४६ मिलियन डलरभन्दा बढी तिर्न सहमत भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै