• २०८३ जेठ १५ शुक्रबार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा गरेक बर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा 'हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै' भन्ने नाराका साथ यस बर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७३औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै