• २०८१ जेठ ५ शनिबार

आइसिपी चाँडै सञ्चालनमा आउने

kharibot

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा रहेको एकीकृत जाँचचौकी (आइसिपी) चाँडै सञ्चालनमा आउने भएको छ । 

भारत सरकारको रु एक अर्ब ३९ करोडको लागतमा सन् २०११ देखि निर्माण शुरु भएको सो आइसिपीको भारततर्फको सम्पूर्ण निर्माण सम्पन्न भइसकेको छ । आइसिपी निर्माणका लागि नेपाल–भारत दुवैतर्फ सवा २०० बिघा जग्गा अधिग्रहण गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए । 

आइसिपी निर्माण पूरा भए पनि सुक्खा बन्दरगाहदेखि आइसिपीसम्म करिब ७०० मिटर सडक विस्तार भने हुन सकेको छैन । यसका लागि अर्थ मन्त्रालयले रु ९० करोडमध्ये रु ३० करोड विनियोजन गरिसकेको नेपाली पक्षले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै