• २०८१ बैशाख १७ सोमबार

खप्तड लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त 

kharibot

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर २७ गते सोमबार सम्पन्न भएको छ । सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने शेयर १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै