• २०८१ जेठ १ मंगलबार

माया खोला हाईड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त 

kharibot

काठमाडौँ ।माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४,००,००० कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
सो नियुक्ति सम्बन्धी सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक  दिनेश थकालीले हस्ताक्षर गरेका हुन्। 

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै