काठमाडौँ । च्याम्पियन्स लिगको समुह इ अन्तर्गतको खेलमा बायर्न म्युनिखले डाइनामो किभलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा रोबेर्ट लेवानडोस्की र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए ।
त्यस्तै डाइनामोका लागि एक गोल डेनी हर्माशले गरेका थिए ।
यो जितपछि बायर्न म्युनिख समुह इमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । आफ्ना पाँचै खेलमा अपराजित रहेको बायर्नको ५ खेलमा १५ अंक रहेको छ ।
त्यस्तै डाइनामो किभको भने ५ खेलमा केवल १ अंक रहेको छ ।
गएराती नै भएको यसै समुहको अर्को खेलमा बार्सिलोना र बेनिफिका गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । यो बराबरीपछि बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै बेनिफिकाको ५ खेलमा ५ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।