काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा सिटीले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा रहिम स्टरलिङ, रोड्री र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १२ खेलमा २६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।