• २०८१ बैशाख १७ सोमबार

११ वर्षको भयो फुडमाण्डु

kharibot

काठमाडौँ  । नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले संचालनको ११ वर्ष पुरा गरेको छ । सन् २०१० को नोभेम्वर ११ देखि संचालनमा आएको कम्पनीमा काडमाण्डौं उपत्यका एवं पोखराका सैयौं रेष्टुरेण्टहरु आवद्द छन् ।

आवद्द रेडष्टुरेण्टहरुका परिकारहरु कम्पनीको वेवसाईट तथा मोवाईल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै उक्त कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि संचालन गर्दै आएको छ । 

"संचालनको यो एक दशक भन्दा बढिको समय हाम्रो लागी निकै महत्वपूर्ण रहयो र यो अवधिमा हामीले निकै उतार चढावको अनुभव हासिल गर्यौं ।”, कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारी भन्छन् । ग्राहकहरुको रुची र माग अनुसार हामीले हाम्रा सेवाहरुलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा विस्तारको योजना भएको कुरा अधिकारीले बताए । 

"वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको छ । ११ दिन सम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा केहि आवद्ध रेष्टुरेण्टहरुसँगको सकहार्यमा विलकुलै नौलो परिकारहरु पनि आफ्ना ग्राहकसामु पस्कदैछौं”, कम्पनीका ब्राण्ड, मार्केटिङ∙ तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न माली भन्छन् । 

त्यस्तै आफ्नो बजार विस्तार गर्ने रणनिती अनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाईएको एप हाम्रो पात्रो सँग सहकार्य गरी उक्त एप मार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कुरा कम्पनीले जनाएको छ ।  

११ औं वार्षिकोत्सवको अवसरमा हाम्रा सेवाग्राहीहरु तथा हामीसँग आबद्ध हुनुभएका होटल, रेष्टुरेन्ट लगायत अन्य सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं, अधिकारी भन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै