• २०८१ बैशाख १७ सोमबार

नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोग  

kharibot

काठमाडौँ । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । 

उक्त औषधी  नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् । बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ । 
बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आइएफआइसी बैंक सँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा ५००० भायल तथा  २०७७/७८  मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम  वंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो । 
 
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम मार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारा सहित सम्पूर्ण बैंकिङ्ग सुविधा दिँदै आएको छ । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै