• २०८१ बैशाख २२ शनिबार

हामी बिचलित हुदैनौं, प्राबिधिक बिभाजनले कुनै असर गर्दैन- राजेन्द्र महतो

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्राबिधिक रुपमा भएको बिभाजनले कुनै असर नपर्ने बताएका छन् ।

सोमबार निर्वाचन आयोगमा जसपाको कार्यकारिणी सदस्यहरुको सनाखतपछि कुरा गर्दै महतोले कार्यकारिणी सदस्यहरु मात्र पार्टी नभएको टिप्पणी गर्दै प्राविधिक विभाजनले फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।

महतोले एक बर्षअघि आफुहरुले उपेन्द्र यादवको पार्टीलाई बचाईदिएको बताउदै एक बर्षमै यो स्थिति आउछ भनेर आफुहरुले नसोचेको बताए ।

महतोले आफुहरु आयोगको निर्णयपछि अगाडी बढ्ने बताउदै जनतामा जान बिभाजनले नरोक्ने बताएका छन् । जनाधारको लागि जनतामै जाने भन्दै महतोले शोषित पिडित जनतालाई न्याय दिन एकीकरण गरिएकोमा अहिले बिभाजन भएको बताए । उनले आफुहरु यस बिभाजनबाट बिचलित नहुने बताए ।  

सोमबार भएको कार्यकारिणी सदस्यको सनाखतमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै रेशम चौधरी डिल्लीबजार कारागारबाट आयोग पुगे पनि आफु तटस्थ बस्ने भन्दै कुनै पक्षमा हस्ताक्षर नगरी फर्किएका छन् ।   

निर्वाचन आयोगले अब जसमा विवादमा आधिकारिकताको टुंगो सम्भवत आजै लगाउने बताइएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै