• २०८१ जेठ ५ शनिबार

उज्जवल थापाको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार हुदै

kharibot

काठमाडौं । विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य गम्भीर बनेको छ ।

कोरोना संक्रमित थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब १० दिन अगाडि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो र एक साता अगाडि फेरि ग्राण्डी अस्पतालमा सारियो । ग्राण्डीको आइसीयूमा अक्सिजनसहित उपचार गर्दा सामान्य सुधार देखिएको थियो । तर, हिजोबाट स्वास्थ्य बिग्रेको बताइएको छ । उनलाई थप उपचारका लागि मेडीसिटी अस्पतालमा सारिएको छ ।

निमोनियाका कारण थापाको फोक्सोमा धेरै संक्रमण फैलिएको चिकित्सकले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै