• २०८१ जेठ ६ आइतबार

कोरोना संक्रमणको जोखिम बढेपछि केयुमा आजदेखि अनलाइन पढाई

kharibot

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।

विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयमा अध्ययरत केहि विद्यार्थीहरु संक्रमित भएपछि यस्तो निर्णय लिइएको बताइएको छ । 

स्कूल अफ साइन्सका डिन प्रा. डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने सूचनामा उल्लेख छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय