• २०८१ बैशाख १५ शनिबार

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

kharibot

काठमाडौँ।महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार पाँच सय हकवालालाई हस्तान्तरण गरिएको छ।
थाहा नगरपलिकाका स्व. बिष्णु मगर र स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः ५ लाख २५ हजार हकवाला कल्पना घर्ती र  ८२ हजार ५ सय हकवाला  रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक  जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना बारे प्रस्ट पारेकी थिईन । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट  पारेका थिए । 

                                          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै