• २०८१ बैशाख १५ शनिबार

महालक्ष्मी विकास बैँकको १९ औँ साधारण सभा सम्पन्न

kharibot

काठमाडौ।महालक्ष्मीविकास बैंकले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अनुसार भिडियो कन्फरेन्स मार्फत सफलता पूर्वक सभा सम्पन्न गरिएको हो । 
उक्त सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आठ दसमलव ८० प्रतिशतका दरले बोनस सेयर तथा शुन्य दसमलव ४६ प्रतिसतका दरमा नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा नौ दसमलव २६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । 
साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैकमा कुल ग्राहक संख्या करिब पाँच लाख भन्दा बढी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै