• २०८१ बैशाख १८ मंगलबार

आहा गोल्डकपमा गेम हेर्दै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सकिने

kharibot

काठमाडौं । फुडमाण्डु नेपालको अग्रणी तथा प्रमुख फुड डेलिभरी कम्पनी फुडमाण्डु आहा रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनर भएको छ ।

पोखरामा वार्षिकरुपमा आयोजना हुने आहा रारा गोल्डकपमा फुडमाण्डुले रंगशालाभित्रै आफ्ना ग्राहकहरुलाई मनपरेको खानाको अर्डरअनुसार फुड डेलिभरी गर्नेछ ।

फुडमाण्डु हाल पोखराका ५० भन्दा बढि रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरिरहेको छ ।

यस पार्टनरसिपको उद्धेश्य फुटबल प्रेमीहरुलाई खेल अवधिभर उनीहरुको मनोरन्जनमा मनपर्ने खानेकुराहरुका साथमा स्टेडियममा नै सेवा उपलब्ध गराउनु रहेको छ । 

फुडमाण्डुका ब्राण्ड सेल्स एण्ड मार्केटिङ्ग प्रमुख श्याम रत्न मालीले भने, ‘हामीले नेपालमै पहिलो पटक खानेकुराहरु रेष्टुरेन्टबाट सिधै स्टेडियममा उपलब्ध गराउँदैछौं ।

यसले फुटबल गेम हेर्न जाने दर्शकहरुलाई समेत सजिलो हुनेछ भने गेम र खानेकुराको संयोजनले थप मनोरञ्जन समेत गराउनेछ ।”

यसको लागि कम्पनीले गेम हेर्न जाने दर्शकहरुको रुचीअनुसारको फुड आइटमहरु आफ्नो प्लेटफर्ममार्फत उपलब्ध गराउने उनले बताए ।

यसको लागि कम्पनीले आहा गोल्डकप प्रतियोगिताको लागि स्टेडियमको अग्रस्थानमा आहा फुड पिकअप स्टेशन स्टल राख्नेछ ।

सोहि स्टलबाट ग्राहकहरुले अर्डर लिन वा फुडमाण्डुको बारेमा थप जानकारी हासिल गर्न सक्नेछन्।

यहि अवसर पारेर फुडमाण्डुले आफ्नो एप पहिलो पटक डाउनलोड गरेर चलाउने ग्राहकहरुलाई अर्डरमा अधिकतम पाँच सय सम्म वा २० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।



 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै