• २०८१ बैशाख १५ शनिबार

कुमारी बैंकले ल्यायो ‘टिका अघि नै दक्षिणा’ योजना

kharibot

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।     

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०- ५० जनालाई बैंकद्वारा २५%  अधिकतम ५०१ रुपैया सम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै