• २०८१ जेठ १ मंगलबार

सन् २०११ को क्रिकेट विश्वकप फाइनल फिक्स भएको राणातुंगाको दाबी

kharibot

श्रीलंकन क्रिकेट टिमका पुर्व कप्तान अर्जुना राणातुंगाले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल खेल फिक्स भएको भन्दै जांच गराउन माग गरेका छन् ।

५३ वर्षीय राणातुंगाले आफ्नो आधिकारिक फेसबुक पेजमा सिम्हली भाषामा एक भिडियो पोष्ट गर्दै आफुले त्यति बेला खेलको कमेन्ट्री गरिरहेको र श्रीलंकाको हारबाट आफु अत्यन्त दुखि भएको  उल्लेख गरेका छन् ।

सन २०११ को विश्वकपको उपाधि भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै जितेको थियो । भारतको मुम्बई स्थित वान्खेडे स्टेडियममा भएको सो फाइनल खेलपछि श्रीलंकाका स्थानीय पत्रिकाहरुमा फाइनल खेल फिक्स भएको खबर सार्वजनिक भएको थियो ।

१९९६ को विश्वकप विहेता टिमका कप्तान समेत रहेका राणातुंगाले अहिले आफुले सबै कुरा सार्वजनिक नगर्ने तर एक दिन यस विषयमा अवश्य बाहिर ल्याउने बताएर क्रिकेट जगतलाई हैरान बनाएका छन् । उनले सो फाइनल खेलको जाँच हुनुपर्ने माग गरेका छन् । उनले कुनै क्रिकेटरको नाम नलिई खेलाडीले एउटा इमेल लुकाएको आरोप लगाएका छन् ।

फाइनलमा श्रीलंकाले पहिले व्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो भने भारतले आफ्ना दुई विकेट सचिन तेन्दुलकर र विरेन्द्र सहवागलाई शुरुमै गुमाउदै श्रीलंकाले खेलमा आफ्नो पकड बनाएको थियो । तर गौतम गम्भीर र महेन्द्र सिंह धोनीको साझेदारीले खेल भारतको पक्षमा गएको थियो । सो खेलमा गौतम गम्भीरले ९७ र महेन्द्र सिंह धोनीले ९१ रन बनाएका थिए ।

स्थानीय मिडियाले फाइनल खेल फिक्स भएको खबर प्रकाशित गरेपनि कसैले पनि सो खेलको छानविन भने अहिलेसम्म गरेका छैनन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै