• २०८१ बैशाख २२ शनिबार

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

kharibot

काठमाडौ ।महालक्ष्मी विकास बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिकरुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरेका हुन । 

साहित्यकार  डा. लम्सालले खण्ड काव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै