• २०८१ पौष ८ सोमबार

पथलैया–वीरगंज सडक: संरचना भत्काउँन क्षतिपूर्तिको माग, सडक विस्तार अवरुद्ध  

kharibot

बारा । सडकको २५ मिटर भित्रको संरचना हटाउँन स्थानीयले अटेर गरे पछि बाराको पथलैया–बिरगंज ६ लेन व्यापारीक मार्ग निर्माण कार्य अहिले अबरुद्ध बनेको छ । 
मार्गको जीतपुर बजारको सडकमा स्थानीयले निर्माण गरेको व्यापारीक भवन र घर टहरा हटाउँन अटेर गरे पछि योजनाको काम अबरुद्ध बनेको हो । 

पथलैया–बिरगंज औद्योगीक करिडोरमा पथलैया देखी बिरगंज सुख्खा बन्दरगाह सम्म सरकारले २०७३ असार २९ गते देखी निर्माण थालेको थियो । निर्माण थाले देखी कै योजनाले संरचना हटाउँन पटक पटक गरेको अनुरोध जीतपुरका स्थानीहरुले अवज्ञा गर्दै आएको योजनाले जनाएको छ । 

हामीले बल प्रयोग नगरौं भन्ने हो तर , स्थानीयले अटेर गरे पछि प्रहरी प्रशासनको सहयोगमा हामीले जीतपुर बजार हटाउँनै पर्छ , नहटाए सम्म योजनाको काम पुर्ण रुपमा प्रभावीत बन्ने छ , पथलैया–बिरगंज व्यापारीक मार्ग योजनाका प्रवक्ता ईनिजनियर सौम्य आन्नद भन्छिन– “पुस महिना भित्रै प्रशासनको सहयोगमा जीतपुर बजार भत्काउँने काम सुरु गर्ने छौं ।” 
योजनाले पटक पटक र अन्तिम भनेर गरेको सूचना समेत जीतपुर बासीले बेवास्था गरे पछि योजना अवरुद्ध बनेको र स्थानीय प्रशासन , प्रहरीको समय हुँने बित्तिकै सडकमा पर्ने जीतपुर ढेड किलोमिटर बजार भत्काइँने जनाएको छ ।

योजना अन्तरगत पथलैया–बिरगंज व्यापारिक मार्गको मध्य बिन्दुमा रहेको जीतपुर बाहेक पथलैया , सिमरा लगायतका बजार क्षेत्रमा स्थानीयले बिकासको काम भन्दै आँफै आफ्नों संरचना हटाएको थियो ।

२०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने योजनाको काम जीतपुर बजारका कारण प्रभावित बने पछि पटक पटको आग्रहमा समेत स्थानीयले अटेर गरे पछि योजनाले प्रशासनको सहयोग लिनु परेको हो ।

करिब दुई हजार भन्दा बढि सवारी साधन ओहर दोहर गर्ने यो सडक खण्डमा एक हजार भन्दा बढि कलकारखाना सञ्चालन भैरहेका छन् । भने सवारी दुर्घटना समेत व्यापक हुँने गर्दछ ।
पथलैया देखि परवानीपुर सम्मको ६ लेनको बाटो विस्तारको लागि जीतपुरका स्थानीय बासिन्दाहरुले क्षतिपूर्तिको माँग गरेका छन् । सरकारले पथलैया देखि परवानीपुर सम्मको ६ लेनको बाटो ३० महिना भित्र सम्पन्न गर्न २०७३ असार मसान्तमा निमार्ण कम्पनिहरु सँग सम्झैता गरेपनि बाटो बिस्तारको मुख्य क्षेत्र जीतपुरमा काम नहुदाँ बाटो विस्तारको काम पनि धेरै ढिलो हुँने देखिएको छ ।

जीतपुरका स्थानीय बासिन्दाहरुले भने आँफुहरुले क्षतिपूर्ति नपाए सम्म काम अगाडी बढाउँन नदिने अडान लिएका छन् । सरकारले तत्कालिन समयमा मुल सडक देखि दायाँ बायाँ २५ गज भित्र बस्ती बसाउँन तथा व्यापार गर्न नमिल्ने भनिएपनि हाल त्यसलाई बढाएर २५ मिटर पुर्याएको जीतपुरका स्थानीय व्यापारीहरुको आरोप छ ।  

सडक विस्तारका लागि  मुल सडक देखि २५ गजबाट बढाएर २५ मिटर पुर्याउँदा  सो क्षेत्रमा साँढे ७ फिट जग्गा आफ्नों पर्न गएकोले उनीहरुको गुनाँसो हो । 

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीय व्यापारी घनश्याम गिरीले यस अघि २०६३ सालमा बाटो विस्तारका क्रममा सडक देखि १५ मिटर क्षेत्रमा भवन पर्नाले क्षतिपूर्ति पाएकोले यस पटक बिना क्षतिपूर्ती बाटो विस्तार गर्न नदिने बताएका छन् । उनले सरकारले क्षतिपूर्तिका लागि सहमति भए बाटो विस्तारको काममा कुँनै अवरोध नगर्ने समेत बताए ।

क्षतिपूर्ति कति कायम गर्ने भन्ने विषयमा भने हाल चलेको दर भाउ अनुसार साँढे ७ फिट जग्गा र भवनको मुल्याङ्खंन हुँनु पर्ने र ठेक्केदार कम्पनिले तोकेको मिति भित्र बाटोको काम सम्पन्न गनु पर्ने उनको भनाई छ ।    

जीतपुरको डेढ किलोमिटरको घनावस्ती क्षेत्र झण्डै पाँच दशक पुरानो हो । पथलैया देखि परवानिपुर सम्मको बाटो विस्तारको जिम्मेवारी लिएको पथलैया–बिरगंज व्यापारीक मार्ग योजनाका प्रवक्ता ईनिजनियर सौम्य आन्नदले मुल सडक देखि २५ मिटर दायाँवायाँ क्षेत्रमा परेका भवन तथा जग्गाको क्षतिपूर्ती दिनु नपर्ने बताईन् । 

उनले नेपाल सरकारको राज–पत्र मैं २५ मिटर क्षेत्र भित्र पर्ने भवन र जग्गाको क्षतिपूर्ति दिनु नपर्ने उल्लेख्य भएकोले यो विषयमा विवाद गर्नु निरर्थक हुँने उनले जानकारी दिईन् ।

तर , स्थानीय बासीन्दाहरुले भौत्तिक संरचना हटाए पनि सरकारले क्षतीपुर्ती र मुआव्जा दिनु पर्ने बताएका छन् । स्थानीय अफताब आलम भन्छन– जे जती मिल्ने हो सरकारले चाँढै क्षती पुर्ति दिँदै काम सहज गर्नु पर्ने अडान राखेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै