• २०८१ जेठ ६ आइतबार

बार्सिलोनाको शानदार कमब्याक, सेभियालाई पराजित गर्दै कोपाको फाइनलमा

kharibot

काठमाडौं । बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । गएराती सेमिफाइनलको दोस्रो लिगमा शानदार कमब्याक गर्दै सेभियालाई ३-० गोल अन्तरले पराजित गरेर समग्रमा ३-२ को अग्रतासहित फाइनलमा पुगेको हो ।

यसअघि भएको पहिलो लिगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

९० मिनेटमा २-२ गोल भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । बार्सिलोनाका लागि ९० मिनेटको अन्तिम समयमा जेरार्ड पेकिले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । त्यस अघि ओसुमान डेम्बेलेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । अतिरिक्त समयमा खेलको ९५औ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए ।

सेभियाले ९० मिनेटको खेलमा खेलको ७३औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न चुकेको थियो ।ओकाम्पसले हानेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपर स्टेगनले बचाएका थिए । 

यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । ९० मिनेटको खेलको अन्तिम मिनेटमा फेर्नान्डोले रातो कार्ड पाएका थिए भने १०३औँ मिनेटमा लूक डी जोंगले रातो कार्ड पाएका थिए ।

बार्सिलोना योसहित ४२औ पटक कोपाको फाइनलमा पुगेको छ । बार्सिलोनाले अहिलेसम्म सबै भन्दा धेरै ३० पटक कोपाको उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।

योसँगै बार्सिलोना अब फाइनलमा एथलेटिको बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अप्रिल १७ मा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय