काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफुले पार्टी एकता गराउन संसद पुनर्स्थापना होस् भन्ने चाहेको बताएका छन् ।
गौतमले बुधबार नेकपाको पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभालाई सम्बोधन गर्दै अदालतमा विचाराधीन रहेको विषयमा आफुले ठोस प्रतिक्रिया नदिने बताएपनि पार्टी एकतालाई बचाउनका लागि आफुले पुनर्स्थापना होस् भन्ने चाहेको बताएका छन् ।
नेता गौतमले अझै पनि नेकपा एक हुने सम्भावना रहेको बताउदै यसका लागि आफुले ६ महिनाको समय सीमा तोकेको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेर राजीनामा दिएको भएको उनको राजनीतिक उचाई झन् बढ्ने थियो भन्ने टिप्पणी गरेका छन् ।
नेता गौतमले दुवै पक्ष एकताको पक्षमा नआएमा उनीहरु सैनिक बिनाका कमाण्डर हुने बताउदै सबै कार्यकर्ता आफ्नो पक्षमा आउने बताए ।
नेता गौतमले आगामी ६ महिनामा काठमाडौँमा बस्न ठाउ नपुग्ने गरि कार्यकर्ता जुटाउने दाबि गरे । आफ्नो अभियान विशुद्ध रुपमा एकता अभियान भएको भन्दै एकता गराउन नसकेका त्यति बेला नै निर्णय लिने बताए । अहिले शिर्ष तहका नेताहरु बिभाजनबाट खुशी भएपनि दोस्रो तहका नेताहरु खुशी नभएको बताए ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुले आफुलाई नयाँ पार्टी खोल्न लागेको आरोप लगाएको विषयमा खण्डन गर्दै आफुले नयाँ पार्टी बनाउन नलागेको स्पष्ट गरेका छन् ।
आफुहरुको पार्टी एकता अभियान रहेकाले नयाँ पार्टी खोल्न नलागेको बताए । पार्टी फुटेको देख्दा कोहि खुशी नभएको बताए । चीन, भियतनामका कम्युनिष्ट पनि नेकपाको फुटबाट खुशी नभएको नेता गौतमले बताए ।









