• २०८१ जेठ ६ आइतबार

हिमालयन डिष्टिलरीको नगद लाभांश पारित

kharibot

हिमालयन डिष्टिलरी लिमिटेडको १७औं वार्षिक साधारणसभा गरिएको छ । कम्पनीको रजिष्ट्रर्ड कार्यालय, वीरगञ्ज म.न.पा. २१, लिपनिविर्ता पर्सामा गत मंसिर २९ गते सभा आयोजना गरिएको हो । 

उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसावसहितको नगद प्रवाह विवरण पारित गर्नुका साथ साथै कम्पनीले आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनीलाई नगद लाभंसमा लाग्ने करसहित प्रतिसेयर रु.२१।०५ मात्रका दरले नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ ।

साथै सभामा रहिशा शाह श्रेष्ठ, अखिलेश्वर प्रसाद सिंह र नरेन्द्र कुमार वस्न्यात सर्वसाधारण समुहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठको मात्र मनोनयन÷उम्मेदरवारी परेकोमा उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत अधिवक्ता रामेश्वर सेढाईले गरेका थिए । 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको अध्यक्षतामा भएको र सो सभामा कम्पनीका सञ्चालक नरेन्द्र कुमार वस्न्यात, शंकरराज पाण्डे र साण्टु श्रेष्ठलगायत सेयरधनीहरुको उपस्थिति रहेको थियो । 

उक्त सभामा कम्पनीको सम्पूर्ण सेयर सदस्य संख्यामध्ये ९५ प्रतिशतभन्दा बढीको प्रतिनिधित्व रहेको सभाका सहजकर्ता तथा सञ्चालकले जानकारी गराएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै