• २०८१ जेठ ४ शुक्रबार

प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले सार्बजनिक गर्यो दोस्रो चरणका आन्दोलनका कार्यक्रम

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

अनेरास्ववियुले पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने अर्को चरणका आन्दोलनका कार्यक्रम माघ १ गते घोषणा गरिने सह-संयोजक रन्जीत तामाङले जानकारी दिएका छन् ।  

घोषणा गरिएका कार्यक्रममा पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ ।

त्यस्तै पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने रहेका छन् ।

त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन रहेका छन् ।

त्यस्तै अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । शैक्षिक संघर्षक कार्यक्रमहरुमा संघीय संसद्‌बाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने, कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै