• २०८१ असार १ शुक्रबार

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

kharibot

काठमाडौं । प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको विकसित राजनीतिक घटनाक्रम बारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो ।  

स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको छ ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै प्रचण्ड-नेपाल पक्षले सर्वोच्चले राजनीतिक निर्णय दिएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार फैसलापछि कानुनविदसँग छलफल गरेपछि फैसला पुनरावलोकनमा जाने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै